दफा ३३
क्षतिपूर्ति पाउने
यस ऐनबमोजिम जफत गरिएको प्रकाशन प्रतिबन्धित प्रकाशन वा निषेधित
प्रकाशन नठहरेमा वा जुन अभियोग बापत जफत भएको हो सो अभियोग प्रमाणित नभएमा
प्रकाशक वा धनीले नेपाल सरकारबाट निम्नानुसार क्षतिपूर्ति पाउनेछः–
(क) मूल्य तोकिएको प्रकाशन जफत भएकोमा त्यस्तो प्रकाशन बिक्री गर्दा प्रकाशक वा धनीले
पाउन सक्ने वास्तविक मोल बराबरको रकममा नबढाई,
तर किताबको हकमा प्रकाशक वा किताब धनीले किताब फिर्ता बुझि लिएमा
क्षतिपूर्ति पाउने छैन ।
(ख) मूल्य किटान नभएको अन्य सामग्रीको हकमा त्यस्तो सामग्री प्राप्त वा प्रकाशित गर्दा
व्यहोर्नु परेको वास्तविक मूल्यमा नबढाई ।